आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

कुशलको अर्धशतकका बावजुद नेपाल बंगलादेश ‘ए’ सँग पराजित

कुशलको अर्धशतकका बावजुद नेपाल बंगलादेश ‘ए’ सँग पराजित

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • कुशलको अर्धशतकका बावजुद नेपाल बंगलादेश ‘ए’ सँग पराजित

    कुशल मल्लको अर्धशतकको बाबजुद पनि नेपाल अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो पटक पराजित भएको छ ।

    टी–२० विश्वकप छनोटको तयारी अभ्यास स्वरुप अष्ट्रेलियामा खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहारेको हो । शनिबार डर्बिनमा भएको खेलमा बंगलादेश ‘ए’ सँग ब्याटर नचल्दा नेपाल पराजित भएको हो ।

    टस जितेर पहिले ब्याटिङ रोजेको बांग्लादेशी टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो । जसमा जिशन आलमले ७३ र अफिफ आलमले ४८ रनको योगदान दिएका थिए । बलिङमा नेपालका रिजन ढकालले दुई, करन केसी, सन्दीप लामिछाने र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

    १८७ रन पछ्याएको नेपाली टोलीका ब्याटर सुरुदेखि नै टिकेर खेल्न सकेनन् । भरपर्दा ब्याटरहरू कुशल भुर्तेल १२, आशिफ शेख २८, लोकेश बम १६, कप्तान रोहित पौडेल १०, दीपेन्द्रसिंह ऐरी १, गुल्शन झा शून्य रनमै आउट हुन पुगे ।

    कुशल मल्लले भने अन्तिमसम्म लडेर ४७ बलमा ५९ रन जोडे । अन्तिममा उनलाई साथ दिएका नन्दन यादवले १४ रन जोडेकाले नेपाल ७ विकेट गुमाएर १५४ रनसम्म पुग्यो । यसअघि अष्ट्रेलियाको नर्दन टेरिटोरीसँग खेलेको खेलमा नेपाल ४३ रनले पराजित भएको थियो । अष्ट्रेलियामा नेपालले अभ्यास स्वरूप टप एन्ड टी–२० सिरिज खेलिरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट