आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

मेला उद्घाटन गर्न गएका मेयरमाथि ढुङ्गामुढा, दुई प्रहरीसहित पाँच जना घाइते

मेला उद्घाटन गर्न गएका मेयरमाथि ढुङ्गामुढा, दुई प्रहरीसहित पाँच जना घाइते

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • मेला उद्घाटन गर्न गएका मेयरमाथि ढुङ्गामुढा, दुई प्रहरीसहित पाँच जना घाइते

    रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) माथि आक्रमण भएको छ । आज (शनिबार) कृष्ण जन्माष्टमीका अवसरमा आयोजित मेला उदघाटन गर्न गएका मेयर प्रेमलाल साहमाथि ढुङ्गमुढा भएको हो ।

    नगरपालिकाको वडा नं. ९ धरहरिमा अघिल्लो वर्ष कृष्ण मन्दिर निर्माण भएको थियो । सोही मन्दिर परिसरमा लागेको मेलामा मेयर साह पुगेका थिए ।

    मेला समितिले मेयरलाई स्वागत गरेर मञ्चमा लैजाँदै गर्दा भिडबाट होहल्ला भएको थियो। होहल्लाकै बीचमा आफूले मेला उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लिरहेका मेयरमाथि अन्धाधुन्ध ढुङ्गा र इँटाले आक्रमण भएको थियो ।

    मेयर साहमाथि स्थानीय राम प्रवेश साह नेतृत्वमा रहेको समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गामुढाबाट दुई जना वरिष्ठ प्रहरी हवल्दारका साथै दुई सर्वसाधारण पनि घाइते भएका छन् ।

    वरिष्ठ हवल्दारद्वय जगदीश यादव र धन सुन्दर ठाकुरको उपचार गरुडास्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा भइरहेको छ । आक्रमणबाट मेयर साहको टाउकामा गम्भीर चोट लागेको छ ।

    उनको टाउकोमा १६ वटा टाँका लागेको जनाइएको छ । मेयर साहको अवस्था गम्भीर रहेकाले वीरगञ्ज पठाइएको छ । आक्रमण गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट