शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जसपा नेपाल सर्लाहीका दुई उपाध्यक्षले एकैपटक दिए राजिनामा, के होला कारण?

जसपा नेपाल सर्लाहीका दुई उपाध्यक्षले एकैपटक दिए राजिनामा, के होला कारण?

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • जसपा नेपाल सर्लाहीका दुई उपाध्यक्षले एकैपटक दिए राजिनामा, के होला कारण?

    जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका नेता गणेशकुमार यादव र मुकेशकुमार पण्डितले आज एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

    उनीहरु दुवै जना २० वर्षअघि मधेश जनविद्रोह सुरु हुँदा देखि नै यो पार्टीमा आवद्ध भएका थिए । गएको चैतमा जसपा नेपाल सर्लाहीको जिल्ला कार्य समिति विघटन हुनुअघि हरिपूर्वा नगरपालिका निवासी यादव वरिष्ठ उपाध्यक्ष र मलंगवा नगरपालिका निवासी पण्डित उपाध्यक्ष थिए ।

    पार्टीभित्र सर्लाहीमा देखिएको गुटउपगुटका सम्वन्धमा केन्द्रीय समितिलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नगरेको र यो पार्टीमा बसिरहँदा राजनीतिक भविष्य समेत नदेखेर राजिनामा दिएको दुवै नेताले दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ । 

    यादव र पण्डितले अहिलेसम्मको राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आजैका मितिदेखि जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।

    जसपा नेपाल परित्याग गरेका उनीहरु आगामी दिनमा अन्य राजनीतिक दलमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार