शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने, आलमलाई टिममा बोलाइयो

आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने, आलमलाई टिममा बोलाइयो

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने, आलमलाई टिममा बोलाइयो

    अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउमा साहब आलमले खेल्ने भएका छन् । यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो ।

    ललितकी आमाको आइतबार बिहान विराटनगरस्थित निवासमा निधन भएको थियो । नेपाली टोली टप इन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ ।

    क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम रहेका छन् । 

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

    प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

    नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ ।

    २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार