टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८विकेट गुमाउदै १७७ रन बनाएको हो । एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।
नेपालले यस खेलमा २४ रन अतिरिक्त दिएको थियो । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्