शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा सांसदबारे प्रधानमन्त्री : संसदमा आएझैं गर्छन्, भत्ता पड्काएर हिंड्छन्

रास्वपा सांसदबारे प्रधानमन्त्री : संसदमा आएझैं गर्छन्, भत्ता पड्काएर हिंड्छन्

‘भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत’

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • रास्वपा सांसदबारे प्रधानमन्त्री : संसदमा आएझैं गर्छन्, भत्ता पड्काएर हिंड्छन्

    प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा अराजकता मच्याउन खोजेको आरोप लगाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले रास्वपाले नयाँ भनेर जनतामा भ्रम छरिरहेको टिप्पणी गरे । प्रधानमन्त्रीले रास्वपालाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरे ।

    उनले भने, ‘राजतन्त्र जस्तो अँध्यारो दिनहरू फर्काउन केही तत्वहरू लागिरहेका छन् । केही तत्वहरू देशमा अराजकता मच्याउन कुदिरहेका छन् । आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन् । नयाँ त भर्खर खोलेका पार्टी नयाँ त हुने नै भए । जसको कुनै योगदान छैन ।’

    उनले देशलाई आजको स्थितिमा ल्याउन आफूहरूले बलिदान, संघर्ष र त्याग गरेको बताए । उनले भने, ‘मान्छेहरू सहिद भए, अङ्गभङ्ग भएका छन् । जेलनेल भोगेर लामो संघर्ष र क्षतिबाट अन्धकार युगबाट आजको जमानामा ल्याइएको हो । संघर्ष नगरेकाहरू, देशलाई भत्काउन चाहनेहरू संसदमा आएझैं गर्छन् हाजिर गर्छन्, भत्ता पड्काउँछन् अनि बाहिर जान्छन् । जनताका समस्याका कुरा बोल्दैनन् । तिनीहरूलाई यो व्यवस्था अप्रिय लागेको छ । हामी भन्छौँ यो व्यवस्थालाई अझै सुदृढ गरेर लान्छौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार