शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

    फ्रेन्च च्याम्पियन पिएसजीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न युइएफए सुपर कपको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । पिएसजीले पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले जित हासिल गरेको थियो ।

    यस अघि पिएसजीले खेलमा शानदार कमब्याक गर्दै खेल २-२ गोलको बराबरी गरेको थियो । खेलमा २-० ले पछि परेको पीएसजीले खेलको ८५औ मिनेट र ९४औं मिनेटमा गोल गर्दै खेलमा कमब्याक गरेको थियो ।

    पिएसजीका लागि ली कांग इन र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले एक एक गोल गरेका थिए ।

    युइएफए सुपर लिग गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेता क्लबबीच खेल्ने गरिन्छ । यस अघि १९९६ मा उपविजेता बनेको पीएसजीले पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको छ ।     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार