शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि पोखरा महानगरमा छलफल

सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि पोखरा महानगरमा छलफल

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि पोखरा महानगरमा छलफल

    २०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ । 

    यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ । हाल १५७ किलोमिटर रहेको यो सडक स्तरोन्नति सहित वैकल्पिक मार्गहरू समेत निर्माण गरी छोट्टाउन सकिने विकल्पका बारेमा पनि अध्ययन भइरहेको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर वायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्दा कुल लम्बाई ११२.८१ किलोमिटर हुनेछ । सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने योजना रहेको छ । 

    एआइआइबीको तर्फबाट स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टले स्वअध्ययन गरिरहेको छ । उक्त टोलीले शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरी पोखरा खण्डका विषयमा छलफल गरेको छ । छलफलका क्रममा सडकको स्तरोन्नति आवश्यक रहेको भन्दै नगर प्रमुख आचार्यले पोखरा खण्ड विस्तारका लागि आवश्यक सहयोग र सहजिकरणका गर्न आफूहरू तयार रहेको बताए । पोखरा महानगरपालिकाको वडा नं.१७, २१ र २२ का विभिन्न स्थानहरू हुँदै जाने सडक खण्डमा स्थानीय समस्याहरू समाधानका लागि तत्पर रहेको उहाँले बताए ।

    पोखराको पृथ्वीचोकदेखी हालको सिद्धार्थराज मार्ग स्याङ्जा फेदिखोलासम्म पुग्दा नयाँ एलाइनमेन्ट अनुसार दुरी र समयका हिसाबले निकै छोटो पर्नेछ । करिब ६ घण्टा लाग्ने पोखरा–बुटवल सडकको यात्रा सडकको स्तरोन्नति पश्चात् २.५ घण्टामा पुरा हुनेछ । शुक्रवार नै नगर प्रमुख आचार्यले सम्बन्धित वडाका अध्यक्षहरूलाई प्राविधिक टोलीसहित स्थलगत अनुगमनका लागि निर्देशन गर्नुभएको छ । यो सडकको स्तरोन्नतिले आधुनिक विकाससँग सामुदायिक पहुँच स्थापित गर्नेछ । 

    टोलीमा स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टका डा. तेज बहादुर कार्की, अजय भक्त माथेमा, प्रतीक कर्माचार्य र विनोद अर्याल रहेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार