आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

सिन्धुलीमा विचित्र खोलाको बाढी बस्तीमा पस्यो, एक जना घाइते

सिन्धुलीमा विचित्र खोलाको बाढी बस्तीमा पस्यो, एक जना घाइते

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • सिन्धुलीमा विचित्र खोलाको बाढी बस्तीमा पस्यो, एक जना घाइते

    सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

    शनिबार दिउँसो करिब साढे ३ बजेतिर भएको मुसलधारे वर्षापछि विचित्र खोलामा आएको आकस्मिक बाढी बस्तीमा पसेर ठुलो नोक्सान गरको छ । बाढीले गाउँका १० घर डुबानमा परेका छन् भने स्थानीय भद्र कुमारी दनुवार घाइते भएकी छिन् । 

    घरभित्र फसेकी दनुवारलाई ईलाका प्रहरी कार्यालय दुधौलीबाट गएको प्रहरी टोलीले सकुशल उद्धार गरेको थियो । उनको अवस्था मध्यम रहेको र दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

    प्रहरीले क्षतिको विवरण यकिन नभएको बताएको छ ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट