आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै

काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । सहकारी सम्बन्धि मुद्दामा पुर्पक्षका लागि थुना (भैरहवा कारागार) मा रहेका लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार सरुवा गरी यहाँ ल्याइएको हो ।

    रविलाई काठमाडौं विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । लामिछानेलाई काठमाडौँ ल्याइने भएपछि त्रिभुवन विमानस्थलमा समर्थकहरुको भिड लागेको थियो । तर, उनलाई आयल निगमको गेटबाट निकालिएर नख्खु तिर लगिएको हो ।

    भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमानमार्फत काठमाडौं ल्याइएको हो । रविलाई ल्याएर बुद्ध एयरको विमान ४ः४० बजे भैरहवाबाट काठमाडौं उडेको थियो ।

    विमानस्थलमा रविका समर्थक तथा रास्वपा नेताहरू बाक्लो उपस्थिति थियो भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो ।

    उनले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो । उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो । लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट