राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ ।
उनलाई ल्याइने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ललितपुरको नख्खु कारागारमा समर्थकहरूको भीड जम्मा हुन थालेका छन् । कारागार परिसर क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउनको लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकितासहित समर्थकहरू भिड एयरपोर्टमा जम्मा भइसकेका छन् ।