आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

समर्थकलाई हात हलाउँदै नख्खु कारागार पसे रवि, ४०० कैदीबन्दीको ‘ब्लक’ मा बसाई

समर्थकलाई हात हलाउँदै नख्खु कारागार पसे रवि, ४०० कैदीबन्दीको ‘ब्लक’ मा बसाई

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • समर्थकलाई हात हलाउँदै नख्खु कारागार पसे रवि, ४०० कैदीबन्दीको ‘ब्लक’ मा बसाई

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ललितपुरको नख्खु कारागार पुगेका छन् । आज (शनिबार) उनलाई भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो ।

    काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो । रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थकको बाक्लो उपस्थित थियो । रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले प्रहरी भ्यानबाटै हात हल्लाएका थिए ।

    गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो ।

    आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो । अड्डासार गरेर ल्याइएका लामिछानेलाई नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट बम विष्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुना बाहिर छन् ।

    रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको कारागार स्रोतले जनाएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।

    आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीले भने, ‘अरु कैदीबन्दीलाई झैं उहाँले पनि सुविधा पाउनु हुन्छ । संरचनाका हिसाबले भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट