आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट आज (शनिबार) दिउँसो सरुवा गरेर काठमाडौं लगिँदैछ ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई आज दिउँसो काठमाडौं लैजान लागिएको हो । उनी गत चैत २५ गतेदेखि कारागारमा छन् । लामिछानेलाई काठमाडौं ल्याएर नख्खु कारागारमा राखिने छ । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

    शनिबार दिउँसो ३ बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौं लगिने रुपन्देही प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि उनलाई काठमाडौं सार्न सरकार तयार भएको हो ।

    लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपोर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन् । रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट