आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

ठुला दलले भागबण्डामा देश सिध्याए: विजुक्छें

ठुला दलले भागबण्डामा देश सिध्याए: विजुक्छें

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • ठुला दलले भागबण्डामा देश सिध्याए: विजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले प्रजातान्त्रिक सिद्धान्त विपरीत ठुला दलहरू भागबण्डाको राजनीतिमा लिप्त हुँदा देशले दुर्भाग्य भोगिरहेको टिप्पणी गरेका छन् ।

    प्रजातन्त्रमा सबैभन्दा ठूलो दलले सरकार र दोस्रो ठूलो दलले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा, नेपालमा भागबण्डाकै लागि दोस्रो ठूलो दलले सरकार चलाउनुले प्रजातन्त्रकै खिल्ली उडाएको उनले बताएका छन् ।

    आज (शनिबार) भक्तपुरको देकोचास्थित ‘ख्वप कलेज अफ ल‘ ले आयोजना गरेको ‘फौजदारी कानुन र न्याय’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले ठुला दलहरू मात्र नभई बुद्धिजीविहरू समेत व्यक्तिगत स्वार्थमा लाग्दा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

    उनले भने, ‘पढे–लेखेका बुद्धिजीविहरू पनि राजदूत जस्ता पद पाएपछि गलत कुराको समेत समर्थन गर्दै व्यक्तिगत स्वार्थमा डुब्नु दुःखद हो ।’ फरक प्रसङ्गमा उनले सांसदहरूमा अध्ययनको कमी रहेकोमा चिन्ता व्यक्त गरे । एमसीसी सम्झौताको उदाहरण दिँदै उनले भने, ‘सांसदहरूले एमसीसीको पूरा पाठ नै नपढी पक्षमा हस्ताक्षर गरे । पार्टीले भन्यो भन्दैमा नपढीकनै हस्ताक्षर गर्नुपरेको बाध्यता सुनाए ।’

    उनले तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘मेरा सांसद साथीहरूले पढेका छन्, ठीक छ भनेका छन्, त्यसैले मैले पनि हस्ताक्षर गरें’ भनेको प्रसङ्ग उल्लेख गरे ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट