टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा नेपालविरुद्ध बंगलादेश ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । बंगलादेश ‘ए’ आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको थियो ।
तीन खेलाडी परिवर्तन
नेपालले अघिल्लो खेलमा खेलेको टिमबाट तीन परिवर्तन गरेको छ । सोमपाल कामी, शाहाव आलम र रुपेस सिंह बाहिरिएका छन् भने करण केसी, नन्दन यादव र रिजन ढकालले मौका पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्