शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए

फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए

    साउदी प्रो लिग क्लब अल नासरले फ्रेन्च विंगर किंग्सले कोमनलाई भित्र्याएको छ । अल नासरले कोमनसँग तीन बर्षको सम्झौता गरेको हो । 

    २९ बर्षिय कोमनलाई अल नासरले बयार्न म्युनिखबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार अल नासरले कोमनका लागि ३० मिलियन युरो खर्च गरेको छ । अल नासरले यसअघि पोर्चुगलका जोआओ फेलिक्स र स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएको थियो । 

    यस अघि  अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर  इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो ।

    त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार