शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भूमि विधेयकको छलफल किन भयो दुई मिनेटमै स्थगित ?

भूमि विधेयकको छलफल किन भयो दुई मिनेटमै स्थगित ?

आन्तरिक बैठकबाटै निस्किए मन्त्री अधिकारी

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • भूमि विधेयकको छलफल किन भयो दुई मिनेटमै स्थगित ?

    भूमिसम्बन्धी विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन बोलाइएको बैठक दुई मिनेटमै स्थगित भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको थियो ।

    बिहान साढे १० बजे वरिपरि नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलमा रहे ।

    आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी बाहिरिए । भूमिमन्त्री बलाराम अधिकारी करिब एक घण्टा आन्तरिक छलफलमा रहेर निस्किए । बैठकको एजेण्डा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने थियो ।

    समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको बताइन् । तर, आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने उनले जानकारी दिइन् । थप अध्ययनपछि अर्को बैठक बस्ने उनको भनाइ छ । सभापति थापाले बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको जानकारी गराएकी थिइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार