शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ

फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ

    नेपाल महिला फुटबल टिमले फिफा वरीयता सुधार छलाङ मरेको छ । नेपाली महिला टिमले १३ स्थानको सुधार गर्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएर छलाङ मारेको हो ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सर्वाजनिक गरेको वरीयतामा १३ स्थान सुधार गर्दै नेपाली महिला फुटबल टिमले हालसम्म फिफाको उत्कृष्ट वरीयतामा प्राप्त गरेको हो । यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो ।

    गत महिना भएको एएफसी एसियन कप छनोटमा नेपालले गरेको प्रदर्शन पश्चात् नेपालको वरीयतामा सुधार आएको हो । नेपालले उज्वेकिस्तानसँग ३-३ को बराबरीसहित पेनाल्टी सुटआउटमा पराजित भएको थियो । नेपालसँगै दक्षिण एसियाको बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ ।

    त्यसैगरी भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ । त्यस्तै फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै महिला युरो कप जितेको इङल्याण्डले एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार