शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

यमललाई बार्सिलोनाको १० नम्बर जर्सी

यमललाई बार्सिलोनाको १० नम्बर जर्सी

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • यमललाई बार्सिलोनाको १० नम्बर जर्सी

    स्पेनिस क्लब बार्सिलोनाले क्लबको चर्चित १० नम्बर जर्सी युवा फरवार्ड लामिन यमललाई दिने भएको छ ।

    बार्सिलोनाले जर्सी नम्बर १० यमलले लगाउने जनाएको हो । बार्सिलोनाबाट हालसम्म अर्जेन्टिानाका डियागो म्याराडोना र रिक्वेल्मेसँगै ब्राजिलका रोमारियो, रिभाल्डो र रोनाल्डिन्होजस्ता चर्चित खेलाडीले यो जर्सी लगाएका थिए ।

    यसअघि, क्याटालन क्लबबाट अर्जेन्टिनी कप्तान लियोनल मेसीले लामो समय १० नम्बर जर्सीबाट खेलेका थिए । मेसीले क्लब छोडेयता बार्सिलोनाले यो जर्सी अन्सु फातीलाई दिएको थियो । तर, चोटका कारण स्वाभाविक लय गुमाएका फाती लोनमा मोनाको गएपछि यो जर्सी यमलले पाएका हुन् । यमलले यसअघि १९ नम्बर जर्सीबाट बार्सिलोनाको प्रतिनिधित्व गर्दै आएका थिए ।

    १८ वर्षीय स्पेनिस फरवार्ड यमल पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले गत सिजन बार्सिलोनाबाट १८ गोल र २५ असिस्ट गरेका थिए । यमलको यही लयप्रेरित बार्सिलोनाले गत सिजन स्पेनिस ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार