शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ईआईए स्वीकृत, अब ग्लोबल टेन्डर हुने

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ईआईए स्वीकृत, अब ग्लोबल टेन्डर हुने

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ईआईए स्वीकृत, अब ग्लोबल टेन्डर हुने

    सरकारले राष्ट्रिय गौरवको योजना अन्तर्गतको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन प्रकृया सम्पन्न भएको छ । 

    यस परीयोजनाका अध्यक्ष सुवास शाहीले यस रंगशाला तथा खेलग्रामको ईआईए स्वीकृत भएको जानकारी दिएका हुन् । सरकारले समिति बनाएरै कामको जिम्मेवारी दिएको छ । ईआईएले परियोजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण कानूनी प्रक्रिया पूरा भएको साहीले जानकारी दिएका छन् ।

    शाहीले भनेका छन्- 'नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजनाको खाकाले मूर्तरुप पाउँनुका साथै अगाडि बढ्ने मार्गचित्र पनि प्रष्ट पारेको छ ।' 

    यो परियोजनाका लागि यसअघि आवश्यक जग्गा प्राप्ती, विकास समिति गठन तथा डीपीआर निर्माणलगायत प्राविधिक कार्य सम्पन्न भइसकेका छन् । २६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला ५० हजार दर्शक क्षमताको हुनेछ । खेलग्राममा क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टि स्पोर्टस हलसहितका पूर्वाधार हुनेछन् । 

    ईआईए पास भएसँगै स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्नेछ । अध्यक्ष शाहीले  फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने सपनालाई मुर्तरुप दिनुका साथै धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार