शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

    पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आजबाट सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन एवं बुल्समेन क्लबको सहयोगमा सुरु भएको प्रतियोगितामा समूह ए बाट एपिएफ क्लब र समूह बी बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलको यात्राको सम्भावनालाई बलियो बनाएका छन् । 

    चार वर्षको अन्तरालमा पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह ए तर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतिलाई ३०–१ गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतिले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बि तर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको छ । सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ ।  

    प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ । 

    तीन दिन सम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए । 

    दक्षिण यसियाली ह्याण्डबल संघका उपाध्यक्ष तेज गुरुङले लामो समयपछी ह्याण्डबल प्रतियोगिताको आयोजना भएको बताए उनले ह्याण्डबलको संघ गठन हुन नसकेको कारण लामो समयदेखी खेल गतिविधि गर्न नसकेको भन्दै ओलम्पिक कमिटी र नेपाल सरकारको विवादका कारब धेरै खेल संघ पीडित भएको समेत सुनाए । 

    प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले दशौ खेलकुदले खेल क्षेत्रलाई निरुत्साहित बनाउँदा यस्ता प्रतियोगिताले माहोल बनाउने गरेको बताए । प्रतियोगिता अन्तरगत भोलि लिगचरणका खेल सम्पन्न हुनेछन् । गण्डकी ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रमम उपाध्यक्ष गिरमान गुरूङले समेत आफ्ना भनाई राखेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार