जारी फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्याण्डको क्लब अकल्याण्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीलाई १०-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए । त्यस्तै सचा बोएयले एक गोल गरेका थिए ।
यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । बायर्न म्युनिखले अर्को खेल अब शनिबार बोका जुनियर्ससँग खेल्ने तालिका रहेको छ भने अकल्याण्ड सिटीले शुक्रबार बेनिफिकासँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्