शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

    पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

    गएराती सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५-३ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सम खेलाइएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

    स्पेनका लागि अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए । यसअघि पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले एक एक गोल गरेका थिए ।

    योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो ।        

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार