शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भागदौडको घटनामा आरसिबीका मार्केटिङ प्रमुख पक्राउ

भागदौडको घटनामा आरसिबीका मार्केटिङ प्रमुख पक्राउ

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • भागदौडको घटनामा आरसिबीका मार्केटिङ प्रमुख पक्राउ

    बुधबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरू पक्राउ परेका छन् ।

    भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् । उनीहरुलाई बैंगलुरुस्थित कुबोन प्रहरी स्टेसनमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले राज्यका डीजीपी र आईजीपीलाई आरसीबी र डीएनए कार्यक्रम प्रबन्धकहरू र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) का प्रतिनिधिहरूलाई भागदौडको सम्बन्धमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएका थिए ।

    प्रहरीले विहिबार नै आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्टविरुद्ध मुद्धा दायर गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार