शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आईसीसी विश्वकप क्रिकेट लिग-२: नेदरल्यान्ड्सले नेपाललाई दियो २ सय २६ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग-२: नेदरल्यान्ड्सले नेपाललाई दियो २ सय २६ रनको लक्ष्य

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • आईसीसी विश्वकप क्रिकेट लिग-२: नेदरल्यान्ड्सले नेपाललाई दियो २ सय २६ रनको लक्ष्य

    नेदरल्यान्ड्सले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको हो । 

    नेदरल्यान्ड्सका नोच क्रसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्ड्सले ४६ रन बनाए । उनले ७१ बलमा चार चौका प्रहार गरे । विक्रमजित सिंहले ३८ रन जोडे ।

    नेपालका सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले दुई–दुई विकेट लिए । 

    लिग–२ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार