शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

करण केसीको अलराउण्ड प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपाल विजयी

करण केसीको अलराउण्ड प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपाल विजयी

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • करण केसीको अलराउण्ड प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपाल विजयी

    नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो  ।  

    स्कटल्याण्डले नेपाल लाई दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाएका थिए । त्यस्तै कुशल भुर्तेलले ५३ , गुलशन झाले ४२, भिम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए । 

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २-२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

    यो जितपछि नेपालको लिग-२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । त्यसैगरी स्कटल्याण्डको १७ खेलमा२० अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

    अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार