शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

यी हुन् अहिलेसम्मका आइपिएल विजेता टीम, कसले जित्ला भोलि?

यी हुन् अहिलेसम्मका आइपिएल विजेता टीम, कसले जित्ला भोलि?

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • यी हुन् अहिलेसम्मका आइपिएल विजेता टीम, कसले जित्ला भोलि?

    यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल भोली हुँदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल मंगलबार राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ ।  यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ ।  यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको  थियो ।   

    २००८ मा सुरु भएको आइपिएल विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिताको रुपमा स्थापित भएको छ । आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।

    त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।

    त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् । त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैन्ग्लुरु (आरसीबी) ले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।
      

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार