शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

नेपाल पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • नेपाल पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

    प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

    जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भूर्तेलले ६१ रन बनाए । कुल ७० बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।

    यस्तै अमित श्रेष्ठले ३९ र दिलीपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए ।


    उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए ।

    सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एक-एक विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यो पटक ४६ वटा खेल खेलाइएको थियो ।

    यी सबै खेल पहिलोपटक काठमाडौँ बाहिर रूपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तीलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० टोली सहभागी थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार