आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

पोखरामा नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य प्रदर्शन

पोखरामा नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य प्रदर्शन

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • पोखरामा नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य प्रदर्शन

    शताब्दी लामो इतिहासको बोकेको नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य पोखराको शिशुवामा प्रदर्शन भइरहेको छ । पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यसलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवा: खल: शिशुवाले २६औँ संस्करणको सामूहिक नृत्य प्रतियोगिता संयोजन गरिरहेको छ । 

    प्रतियोगिताले कला, संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको उद्देश्य राखेको नेवा खल कास्कीका अध्यक्ष अशोक  पालिखेले बताउनुभयो । प्रत्येक वर्ष फरक फरक ठाउँमा हुँदै आएको कास्की जिल्ला स्तरीय प्रतियोगिताको २६औँ संस्करण यस वर्ष शिशुवामा गरिएको हो । 

    प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले पोखरेली संस्कृतिको जगका रूपमा रहेको नेवारी संस्कार र संस्कृति पोखराको सांस्कृतिक आधारका रूपमा मजबुत र जीवन्त रहेको बताए । पोखरा निर्माणमा महत्त्वपूर्ण योगदान गरेको समुदायका रूपमा  नेवार समुदाय रहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका सबै धर्म, संस्कृति र परम्पराहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताए । 

    पर्यटकीय राजधानी सहर पोखराको सांस्कृतिक एकता र सद्भाव दुनियाँका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनले समभाव, समविकास र सामाजिक समतामा आधारित सामुदायिक विकासको अवधारणा अनुरूप आफूहरूले सांस्कृतिक जागरण र सामुदायिक सशक्तीकरणमा जोड दिइरहेको बताए । सशक्त सामुदायिक चेतनाको विकासले मात्र समृद्धि सम्भव प्राप्तिका ढोकाहरू खुल्ने उनले बताए ।

    प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै ताया: मचा समूहले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुने समूहले रु.१ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीय हुनेले ५५ हजार ५ सय ५५ र चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी टिमलाई १५–१५ हजार रुपैयाँ प्रोत्साहन दिइनेछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट