शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ब्रेभिसको शतकमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

ब्रेभिसको शतकमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • ब्रेभिसको शतकमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

    दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो ।

    दक्षिण अफ्रिकाले दिएको २१९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७.४ ओभरमा अल आउट हुदै १६५ रन बनाएको थियो । अस्ट्रेलियाका लागि टिम डेभिडले सर्बाधिक ५० रन बनाएका थिए भने एलेक्स केरीले २६ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कोर्बिन बोस्च र क्वेना माफाकाले ३-३ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनौएको थियो । दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले ५६ बलमा १२५ रन बनाएका थिए भने ट्रिस्टन स्टब्सले ३१ रन बनाएका थिए ।

    दक्षिण अफ्रिकाले यो जितपछि सिरिज १-१ ले बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आगामी शनिबार हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार