शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाली क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

नेपाली क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • नेपाली क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आज (आइतबार) काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो।

    जर्सीको अगाडि भागमा नासा सेक्युरिटिज लेखिएको छ। जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरेका थिए।

    cricket1.jpeg

    नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो। नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिज खेल्दैछ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।

    नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

    can1.jpeg

    उक्त सिरिजमा भाग लिने टोलीमा एक सदस्य परिवर्तन भएको छ। ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन्। ललितकी आमाको निधन भएपछि उनी जान पाएनन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार