शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीको ‘कब्जा’ मै, अझै पस्न सकेनन् सुरक्षाकर्मी

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीको ‘कब्जा’ मै, अझै पस्न सकेनन् सुरक्षाकर्मी

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीको ‘कब्जा’ मै, अझै पस्न सकेनन् सुरक्षाकर्मी

    एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको कैलाली कारागारमा ३६ घण्टा बित्दा समेत स्थिति सामान्य बन्न सकेको छैन । कैदी बन्दीबीचको झडपपछि कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन ।

    यद्यपि अवस्था भने केहि मत्थर भएको कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले दाबी गरेका छन् । ‘स्थिति हिजो जस्तो छैन । अवस्था सामान्य भइसकेको छ,’ सीडीओ हमालले भने, ‘अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहनु भएको छ ।’

    तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले जानकारी दिएका छन् । ‘कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी छ,’ उनले भने ।

    शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्णरूपमा कब्जा गरेका थिए । मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडा र ग्यास सिलिण्डरसहित कैदीबन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन् । यस्तै कैदीबन्दीहरूले ग्यास सिलिण्डर पड्काएर जेलमै आगो लगाइ दिने धम्की दिइरहेका थिए । सीडीओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए ।

    आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ । आफन्त र मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई ‘इन्टरटेन’ गरेका छैनन् । १५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी छन् । कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए ।

    ५९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो। त्यसको एक सातापछि लगातार दुई पटक झडप भयो ।

    विवादको जड नवीन रावल समूहका सदस्यहरूको सरुवामा देखिएको बताइन्छ । पहिलो चरणमा १३ जनालाई दाङ, बर्दिया र दैलेख पठाइएको थियो । त्यसपछि त्यही समूहका थप सदस्यहरूलाई सरुवा गर्ने तयारी भएपछि नाराबाजी भएको हो । तीन जनालाई पेसी लैजाने भन्दै झुक्क्याएर मकवानपुर पुर्‍याएको पनि उनीहरूको आरोप छ ।

    जेलर र सुरक्षा टोली परिवर्तन
    यता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख (जेलर) वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ । भुसाल शनिबारै धनगढी पुगिसकेको सीडीओ हमालले जानकारी दिएका छन् ।

    यस्तै घटनाका बेला कारागारको सुरक्षामा खटिएको टोलीलाई पनि परिवर्तन गरेको सीडीओ हमालले बताए । ‘हिजो नै पूरै टोली बदलिसकिएको छ । त्यसका अतिरिक्त पनि ठुलै सुरक्षा टोली परिचालन गरिएको छ,’ हमालले भने ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार