दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले टोटनह्याम छोड्ने निर्णय गरेका छन् । सनले टोटनह्याम छोड्ने निर्णयमा पुगिसकेको र क्लबलाई खबर समेत गरिरसकेको जानकारी दिएका छन् ।
पत्रकार अलासडेयर गोल्डसँग कुरा गर्दै सनले भनेका छन्- 'मैले टोटनह्याम छोडने भनेको छु । मेरो निर्णय भइसकेको छ, मैले यहाँ आफ्नो उत्कृष्ट प्रयास गरे र मलाई अब नयाँ चुनौती चाहिन्छ । यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय हो । म बच्चाको रूपमा उत्तरी लन्डन आएको थिए । म जवानीको रूपमा छोड्दैछु ।
सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए । ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । उनले टोटनह्याममा २०२४-२५ को युरोपा लिग जितेका थिए भने २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए ।
मिडिया रिपोर्टका अनुसार सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स एफसी जानसक्ने बताइएको छ ।