शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फिल्म 'परालको आगो' मा सौगात मल्लको प्रवेश

फिल्म 'परालको आगो' मा सौगात मल्लको प्रवेश

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • फिल्म 'परालको आगो' मा सौगात मल्लको प्रवेश

    कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अब अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । निर्माण टोलीले उनलाई कथाको महत्त्वपूर्ण पात्र जुठे दमाईको भूमिकामा अनुबन्ध गरेको हो ।

    यसअघि यो भूमिकाका लागि अभिनेता जितु नेपाललाई तय गरिएको थियो, तर समय अभावका कारण उनले यो फिल्म गर्न नसक्ने भएपछि सौगातलाई भित्र्याइएको हो ।

    फिल्मका निर्माता सुशील पोखरेलका अनुसार सौगातको सहभागितासँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । यसअघि फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

    फिल्म ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् । यो उनको पहिलो घरबाहिरको फिल्म हुने भएको छ । अर्कोतर्फ, प्रकाश सपुत चामेको भूमिकामा देखिनेछन् । लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन छिटै हुने निर्माण पक्षले जानकारी दिएको छ ।

    सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलले छायांकन गर्नेछन् । गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत हुनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्म ‘परालको आगो’ मैनाली कथा पुरस्कार ट्रस्टको आधिकारिक अनुमति लिएर निर्माण हुन लागेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार