शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीजको अबसरमा फिल्म ‘सतीदेवी’ को अमेरिकामा बिशेष शो हुँदै

तीजको अबसरमा फिल्म ‘सतीदेवी’ को अमेरिकामा बिशेष शो हुँदै

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • तीजको अबसरमा फिल्म ‘सतीदेवी’ को अमेरिकामा बिशेष शो हुँदै

    फिल्म ‘सतीदेवी’ फिल्मको आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।

    लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड बिजेता चर्चित फिल्म भएकाले आफूहरुले बिशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक अनि पारिवारिक चलचित्र अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप बिशेष शो गर्ने निर्णय गरेका हाैँ,’ उनले भने,‘हामी जो जहाँ रहे तापनि नेपाली कला,संस्कृति,मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही अन्तर्गत चर्चित फिल्म शो गर्न लागेका हौ ।’ एभरेष्ट सूर्य बोहरा निर्देशीत हिट फिल्म ‘ठूली’ का निर्माता पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।

    चलचित्र बिकास बोेर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा बिशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत,रमेश बुढाथोकी,सन्दिपबाबु लोहनी,कुलबहादुर अधिकारी,सृजना अधिकारी,बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन् ।

    गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा,सारा,श्रीदेवी र बिशाल सुवेदी छन् ।  निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनीयापछि अन्य स्टेटहरुमा पनि बिशेष शो हुन लागेको जानकारी दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार