शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शक्तिशाली भूकम्पपछि जापानका केही भागमा देखियो सुनामी

शक्तिशाली भूकम्पपछि जापानका केही भागमा देखियो सुनामी

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • शक्तिशाली भूकम्पपछि जापानका केही भागमा देखियो सुनामी

    रुसको पूर्वी तटमा आएको शक्तिशालि भूकम्पपछि जापानका केही भागमा सुनामी देखिएको छ । जापानको प्रशान्त तटीय क्षेत्रका केही भागमा सुनामी छालहरू पुगेका छन् ।

    स्थानीय समय अनुसार बिहान १०:४६ बजे तोकाची बन्दरगाहमा ४० सेन्टिमिटर सुनामी र होक्काइडोको दक्षिणपूर्वी भागमा रहेको एरिमो शहरमा ३० सेन्टिमिटर छाल रेकर्ड गरिएको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । त्यस्तै तोहोकु र कान्तो क्षेत्रहरूमा पनि ती छालहरू देखिएको छ । छालहरू लगभग २० देखि ४० सेन्टिमिटर अग्ला रहेका छन् र अहिलेसम्म ठूलो क्षतिको कुनै रिपोर्ट छैन ।

    यसैबीच जापानको उत्तरपूर्वी भागमा रहेको सेन्दाई विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । यातायात मन्त्रालयले धावनमार्ग बन्द भएको र प्रमुख तटीय केन्द्रका लागि उडान गरिएका केही उडानहरूको रुट परिवर्तन गरिएको बताएको छ भने एयरलाइन्सहरूले ग्राहकहरूलाई आफ्नो वेबसाइटहरू जाँच गरेर अद्यावधिक रहन आग्रह गरिरहेका छन् ।

    जापान मौसम विज्ञान एजेन्सीले सुनामी लामो समयसम्म बारम्बार आउन सक्ने चेतावनी दिएको छ भने अहिले देखिएका छाल भन्दा अझै ठुला छाल आउन सक्ने बताएको छ ।

    रुसको पूर्वी तटमा रहेको कामचट्का प्रायद्वीप नजिकै ८.८ रेक्टर स्केलको भूकम्प गएपछि जापान र अमेरिकामा सुनामीको चेतावनी दिइएको छ । अमेरिकाको हवाई क्षेत्रमा ठुलो मात्रामा मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले यो भूकम्प अहिलेसम्मकै छैटौं ठुलो भूकम्प भएको बताएको छ । भूकम्पका कारण रुस, जापान, गुआम, हवाई र अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार