शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ट्रम्प र पुटिनबीच वार्ता हुनुअघि अलास्कामा युक्रेनको पक्षमा प्रदर्शन

ट्रम्प र पुटिनबीच वार्ता हुनुअघि अलास्कामा युक्रेनको पक्षमा प्रदर्शन

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • ट्रम्प र पुटिनबीच वार्ता हुनुअघि अलास्कामा युक्रेनको पक्षमा प्रदर्शन

    आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेन युद्ध बारे बार्ता हुदैछ ।

    फेब्रुअरी २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अहिलेसम्म जारी रहेको छ । यस युद्धलाई रोक्ने उद्देश्यले ट्रम्पले पुटिनसँग उच्चस्तरीय वार्ताको पहल गरेका छन् ।

    यस बार्ताप्रति विश्वको नजर रहेको छ भने युद्ध रोकिनेमा आशावादी पनि रहेको छ । तर यस बार्तामा युक्रेनलाई सहभागी नगराइएको विषय उठेको छ । अमेरिकाले ट्रम्पसँग पुटिनको वार्ता सकरात्मक हुने वित्तिकै युक्रेनलाई सहभागी गराउने बताएको छ ।

    यसैबीच शिखर सम्मेलन हुने स्थानमा एन्कोरेजमा युक्रेनको समर्थनमा प्रदर्शनकारीहरू बाहिर निस्किएका छन् । उनीहरुले युक्रेनी झण्डा फहराउँदै र 'अलास्का युक्रेनको साथमा छ' लेखिएको ठूलो ब्यानर फहराउँदै गरेको देख्न सकिन्छ । - nepalriabar.com

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार