शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतको जम्मू कश्मीरमा बादल फुट्दा आएको बाढीपछि १७ जनाको मृत्यु

भारतको जम्मू कश्मीरमा बादल फुट्दा आएको बाढीपछि १७ जनाको मृत्यु

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • भारतको जम्मू कश्मीरमा बादल फुट्दा आएको बाढीपछि १७ जनाको मृत्यु

    भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटनामा १७ जनाको मृत्यु भएको छ ।अहिलेसम्म १७ जनाको शव फेला परेको समाचार एजेन्सी पिटीआईले उल्लेख अग्रेको छ । त्यस्तै अहिलेसम्म ६५ जनाको उद्धार गरिएको छ ।  

    घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको र अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्‍याएको बताइएको छ । जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षतिग्रस्त भएको बताइएको छ । 

    स्थानीय प्रशासनले उद्धार टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार