शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

साफ यू-२० महिला च्याम्पियनसिप: जित्नैपर्ने खेलमा बंगलादेशसँग भिड्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिप: जित्नैपर्ने खेलमा बंगलादेशसँग भिड्दै नेपाल

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • साफ यू-२० महिला च्याम्पियनसिप: जित्नैपर्ने खेलमा बंगलादेशसँग भिड्दै नेपाल

    बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्दैछ । नेपालले उपाधि जित्न सोमबार हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल सोमबार साँझ नेपाली समय अनुसार ६: ४५ बजेदेखि शुरु हुने छ । 

    हाल सम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडी रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा उपाधि जित्ने छ । त्यस्तै तेस्रो स्थानमा रहेको भुटानले ५ खेलमा एक मात्र जित हासिल गरेको छ भने श्रीलंकाले पाँचै खेलमा हार बेहोरेको छ ।

    नेपालले बंगलादेशसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएर ३-२ को दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । अन्य खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।   नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० को अन्तरले हरायो भने भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले हरायो ।

    प्रतियोगितामा नेपालकी पुर्णिमा राईले सर्बाधिक १० गोल गरेकी छन् भने मीना देउवाले ७ गोल गरेकी छन् ।

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २१ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार