शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

    फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । 

    राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच सदस्यीय समन्वय समति गठन गरि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

    राउटे समुदायको संरक्षण गर्न आवश्यक ऐन निर्माणका लागि विधेयक बनाउने, राउटेको प्रोफाइल तयार पार्ने र राउटे करिडोरको खाका तयार गर्नका लागि सामाजिक विकास मन्त्रालयले राउटे समन्वय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्त्रालयको सामाजिक महाशाखाका सुवर्ण खड्का, गुराँस गाउँपालिकाले तोकेका एक जना प्रतिनिधि, राउटे समुदायमा काम गरिरहेका हिरासिंह थापा र नगेन्द्र उपाध्याय सदस्य रहेका छन् । 

    उक्त समितीले एक महिनाभित्र राउटेको प्रोफाइल तयार पार्ने, पछिल्लो दश वर्षमा राउटे समुदाय बसोबास गरेको स्थानको पहिचान गरेर राउटे करिडोर तयार पार्ने र छुट्टै विधेयकको मस्यौदा तयार गर्ने कार्यादेश तोकिएको सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार