शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

क्यानेडियन फरवार्ड स्मिथ बनिन् इतिहासकै सबैभन्दा महँगो महिला खेलाडी

क्यानेडियन फरवार्ड स्मिथ बनिन् इतिहासकै सबैभन्दा महँगो महिला खेलाडी

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • क्यानेडियन फरवार्ड स्मिथ बनिन् इतिहासकै सबैभन्दा महँगो महिला खेलाडी

    क्यानेडियन फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् । उनलाई फुटबल क्लब आर्सनलले एक मिलियन पाउण्ड अर्थात १.३४ मिलियन डलरमा लिभरपुलबाट किनेको हो ।

    २० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । अब उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चार वर्षे सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।

    उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीको सम्झौताको रेकर्ड तोडेको छ । चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउण्डमा सम्झौता गरेको थियो । स्मिथले लिभरपुलमा गत सिजनमा २० खेलमा २२ गोल गरेकी थिइन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार