तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए ।
जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ बर्ष कै्रद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्