शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्पको टोकाइबाट बालिकाको मृत्यु

सर्पको टोकाइबाट बालिकाको मृत्यु

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • सर्पको टोकाइबाट बालिकाको मृत्यु

    कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट एक १४ महिनाकी बालिकाको मृत्यु भएको छ । 

    महाराजगञ्ज नगरपालिका– २ मा सर्पले टोक्दा स्थानीय झगरु पासवानकी एक वर्ष दुई महिनाकी छोरी संगीताको मृत्यु भएको हो। गए राति घरमा सुतेको बेला बालिकालाई सर्पले डसेको आफन्तले बताएका छन् । सर्पले टोकेको केहीबेरमै बालिका अचेत भएकी थिइन् ।

    त्यसपछि उनलाई उपचारका लागि अभिभावकले बहादुरगञ्ज अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लैजाँदा बाटोमै उनको मृत्यु भएको हो । 

    गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले उपचारमा ढिलाइ हुँदा बालिकालाई बचाउन नसकिएको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार