शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बागलुङको तालाखोलामा जीप दुर्घटना, १६ जना घाइते

बागलुङको तालाखोलामा जीप दुर्घटना, १६ जना घाइते

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • बागलुङको तालाखोलामा जीप दुर्घटना, १६ जना घाइते

    बागलुङमा गएराति जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ ।

    गम्भीर घाइते गल्कोट नगरपालिका वडा नं ६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

    ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार बाँकी १५ जना घाइतेमध्ये चालकसहित सात जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने आठ जना उपचारपछि घर फर्किएका छन् । 

    गएराति करिब ११ बजे ताराखोलादेखि गल्कोट हटियातर्फ जाँदै गरेको ग१ज ७१८९ नम्बरको बोलेरो पिक अप जीप ताराखोला गाउँपालिका वडा नं ३ पिरेचामा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । जीप मोटरबाटोदेखि करिब ३० मिटर तल खसेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार