शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

छाउपडी गोठमा सर्पले डसेर महिलाको मृत्यु

छाउपडी गोठमा सर्पले डसेर महिलाको मृत्यु

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • छाउपडी गोठमा सर्पले डसेर महिलाको मृत्यु

    कञ्चनपुरमा छाउपडी गोठमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्न लागेकी २८ वर्षीया कमला दमाईको हिजो राति सर्पदंशबाट ज्यान गएको हो।

    राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

    स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन् । उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार