शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कैलाली कारागारमा कैदीबन्दीहरूबीच कुटाकुट

कैलाली कारागारमा कैदीबन्दीहरूबीच कुटाकुट

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • कैलाली कारागारमा कैदीबन्दीहरूबीच कुटाकुट

    कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएपछि विवाद भएको हो ।

    प्रहरीकाअनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

    बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ ।

    प्रहरीले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको बताएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार