अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ स्थित जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट बिभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंविरुद्ध १० लाख, तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद भट्टराईविरुद्ध १४ लाख, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्यविरुद्ध १५ लाख, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ २ लाख ८० हजार, तत्कालीन सब-इन्जिनियर शिवराज राईविरुद्ध २४ लाख, त्कालीन प्रधानाध्यापक तथा विद्यालय भवन निर्माण समितिका सदस्य हेम्वर बस्नेतविरुद्ध ३० लाख ५० हजार, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भवन निर्माण समितिका सदस्य दिलिप कुमार राईविरुद्ध ३० लाख ५० हजार, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चर्च बहादुर विश्वकर्माविरुद्ध २४ लाख र चारकोठे विद्यालय भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राईविरुद्ध ७ लाख बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।