शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सम्पर्कविहीन भनेर थबाङले सूचना निकालेपछि रुकुम हिंडेका सात कर्मचारी गुल्मीमा फेला

सम्पर्कविहीन भनेर थबाङले सूचना निकालेपछि रुकुम हिंडेका सात कर्मचारी गुल्मीमा फेला

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • सम्पर्कविहीन भनेर थबाङले सूचना निकालेपछि रुकुम हिंडेका सात कर्मचारी गुल्मीमा फेला

    कार्यालयका ६ कर्मचारीसहित दुई दिनदेखि सम्पर्कविहीन रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले आज (बिहीबार) बिहान अध्यक्ष ऋषिकेशव बुढा मगरलाई फोन गरेका छन् । रोल्पामा नेपाल टेलिकमको नेटवर्कले काम नगरेकाले कार्यालयको भुक्तानी गर्न ओटीपी कोडका लागि रुकुमपूर्व गएर काम गर्ने भनेका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सात कर्मचारी मंगलबार बिहान ७ बजेदेखि बुधबार बेलुकासम्म फोन स्विच अफ गरेर बेपत्ता भएपछि थबाङ गाउँपालिकाले सूचना नै जारी गरेको थियो ।

    तर प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले अहिले बिहान ७ बजे फोन गरी आफूहरू गुल्मीमा रहेको जानकारी गराएको गाउँपालिका अध्यक्ष बुढा मगरले जानकारी दिए । ‘उहाँले आज बिहान फोन गर्नुभयो र आफूहरू गुल्मीमा रहेको जानकारी गराउनु भयो’, अध्यक्ष बुढा मगरले सुनाए, ‘अब लिबाङ हुँदै थबाङ आउँछु भन्नु भएको छ । यत्ति भनेर फोन राख्नु भयो । यस विषयमा थप कुरा उहाँलाई नै फोन गरेर बुझ्नुहोला ।’

    अध्यक्ष बुढा मगरका अनुसार उनका साथमा सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञ प्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, सब–इन्जिनियर निशा आचार्य, खा.पा.स.टे शिवकुमार वली र गाडी चालक प्रदीप केसी छन् । कार्यालयको कामकाज गर्न रुकुमपूर्व जान्छु भनेका उनीहरू किन गुल्मी पुगे भन्ने विषयमा अहिले जानकारी नभएको गाउँपालिका अध्यक्ष बुढा मगरले बताए । ‘उहाँले फोनमा त्यस्तै प¥यो मात्र भन्नुभयो, अब उहाँहरू आएपछि विस्तृत कुरा थाहा होला,’ उनले भने ।

    यसरी सम्पर्कविहीन भएरै हिँड्नुपर्ने गरी आफूहरुसँग कुनै लफडा नभएको अध्यक्ष बुढाले बताए । उनकाअनुसार प्रमुख प्रशासकीय अधिकृतले २३ गते बेलुका कार्यलयबाट घर निस्कने बेला आफूले केही समस्या छ भनेर सोध्दा बाहिर गएर काम गर्नुपर्ने भयो भनेर अनुमति मागेको बताए । ‘जहाँ बसेर काम गरेपनि काम हुनु न हो । क्लोजिङको काम राम्रोसँग सकिए जहाँबाट गरेपनि के हुन्छ र ? भनेँ । किन सम्पर्कमा आउनुभएन मैले बुझिनँ,’ उनले भने । ‘उसोभए क्लोजिङको काम के भयो त ? समय त घर्कियो,’ भन्ने प्रश्नमा मगरले आफू यसबारे अनविज्ञ रहेको बताए । ‘सबै कर्मचारी उहाँहरुसँगै हुनुहुन्थ्यो । अब भयो होला भन्ने अपेक्षा गरौं,’ उनले थपे ।

    कर्मचारीहरूको विवरण
    १. हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत

    २. हरिश माझी, सहायक प्रशासन पाँचौँ

    ३. यज्ञप्रसाद कँडेल, सहलेखापाल

    ४. चन्द्रप्रकाश ओली, सब–इन्जिनियर

    ५. निशा आचार्य, सब–इन्जिनियर

    ६. शिवकुमार वली, खा.पा.स.टे.

    ७. प्रदीप के. सी. सवारी चालक

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार