शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रशिक्षक वाइल्डको व्यबहारले टिममा विवाद आयो

प्रशिक्षक वाइल्डको व्यबहारले टिममा विवाद आयो

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • प्रशिक्षक वाइल्डको व्यबहारले टिममा विवाद आयो

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डको व्यबहारले टिममा विवाद आएको बताएको छ ।  

    बुधबार एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयन लगायतका विषयमा प्रमुख प्रशिक्षक वाइल्डका कारण टिममा विवाद भएको स्पष्ट गरेका हुन् ।

    टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रशिक्षक वाइल्डले शुरुदेखिनै एन्जिलालाई कप्तान नबनाउने बताएको तर अन्तिम समयसम्म पनि नयाँ कप्तानको नाम नदिएको आरोप लगाइन् ।

    एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानको टुंगो नलगाएपछि आफुहरुले एएफसीको दबाब झेल्न नसकेर सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीलाई कप्तान बनाएको स्पष्टीकरण दिएकी छन् । अफिसियलले नगरकोटीलाई कप्तान बनाएपछि खेल शुरु हुनुअघि मात्र वाइल्डले सावित्रा भण्डारी साम्बा कप्तान भएको बताएको श्रेष्ठले जानकारी दिईन । 

    उनले साम्बालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नभएपनि वाइल्डले किन यसरी कप्तान घोषणा गरे भन्ने अस्पष्ट रहेको बताइन् । त्यस्तै महिला टिमका सहायक प्रशिक्षक रहेका राजेन्द्र तामाङले पनि वाइल्डको व्यवहार अनौठो रहेको बताए ।

    वाइल्ड उज्बेकिस्तानबाट काठमाडौँ नआएर बेल्जियम गएका छन् । उनले एन्फाको व्यवस्थापन निकै कमजोर रहेको र उनीहरुले नेपाली फुटबल सुधार्न नचाहेको आरोप लगाएका थिए । उनले टिमका खेलाडी पेनाल्टी हान्न समेत नमानेको बताउदै खेल अघि प्रधानमन्त्रीसंग भएको कुराकानीले पनि खेलाडीमा दबाब बढेको बताएका थिए । 

    नेपाली टिमले एशियन छनौटमा आक्रामक खेल खेलाएका प्रशिक्षक वाइल्ड अब आफ्नो जिम्मेवारीमा फर्किने बारे अझ अन्योल बढेको छ । असिफियलहरुले पनि अब वाइल्डसँग कुरा गरेपछि मात्र सबै कुरा स्पष्ट हुने बताएका छन् ।एन्फाले जेठ २२ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्डलाई नियुक्त गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार