त्रिशुली नदीमा आएको बाढीमा दुई जना फसेका छन् ।
नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशुली नदीमा आएको बाढीमा दुई जना फसेका हुन् । घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यही फसेका हुन् ।
सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् । नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्